

काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक गरिएको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन्।
यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो । गएको वर्ष ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।
नियमिततर्फ यो वर्ष ३ दशमलव ६० देखि ४ दशमलव ० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको बोर्डले जनाएको छ ।
यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको सङ्ख्या ८१ हजार ३ सय ८५ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको सङ्ख्या ८९ हजार १ सय २४ रहेको छ ।
यसैगरी ४८ हजार ४ सय ७९ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ४ हजार १ सय २६ जनाले २ देखि २ दशमलव ४ जीपीए र ८ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।
यस्तै १ सय २६ जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।यस वर्षको एसईई परीक्षा गएको चैत ७ गते शुरू भई १९ गते सकिएको थियो ।
एसईईमा ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।
(यसरी हेर्नुहोस् नतिजा)
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३, ३४४५५ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ :
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
www.ekantipur.com
www.see.edusanjal.com
see.eswea.com.np
https://khalti.com/app
collegeinfonepal.com/see
https://theconnectplus.com
www.12khari.com
https://www.collegesnepal.com/see_result/
https://bit.ly/GetNcellApp
https://swifttech.com.np/see-result/
https://resultneemaacademy.com
see.mypay.com.np





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |