

धादिङ । बागमति प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले धादिङ अस्पताललाई दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ।
मेसिन बिग्रिएर प्रभावित भएको डायलासिस सेवा आजदेखि विस्तार गर्ने तयारी गरिएको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक मेसु डा.गगन अधिकारीले जानकारी दिनुभयो ।
धादिङ अस्पतालले २०७९ साउन २६ गतेदेखि मृगौला उपचारका लागि हेमो डायलासिस सेवा सुरु गरेको थियो।
हालसम्म २२ जना बिरामीले नियमित सेवा लिइरहेका छन् भने २६ जना बिरामी सेवा पर्खिरहेका छन्। तीमध्ये अधिकांश अन्य अस्पतालमा हेमो डायलासिस सेवा लिन बाध्य छन्।
५ वटा मेसिनमध्ये २ वटा बिग्रिएका कारण अस्पतालमा तीनवटा मेसिनमार्फत मात्र सेवा दिइरहेको थियो।
बागमति प्रदेश सरकारबाट नयाँ मेसिन प्राप्त भएपछि प्रतीक्षा सुचिमा रहेका १० जनाले सेवा पाउने डा.अधिकारीले बताउनुभयो।
नयाँ मेसिन सञ्चालनमा आएसँगै अब डायलाइसिस सेवाबाट वञ्चित बिरामीलाई सहज पहुँच हुने आशा गरिएको अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष राधिका सापकोटाले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |