

धादिङ । गजुरी गाउँपालिका–६ स्थित जरे बँगैचामा रहेको भानुभक्त माध्यमिक विद्यालयमा सम्पन्न निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय बढिले सेवा लिएका छन् ।
लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुष गरी ४ सय १ जनाले सेवा लिएका लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीका अध्यक्ष विक्रम विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य शिविरमा ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा, ५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएका छन् ।
शिविरमा दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, दन्त रोग सेवा, मानसिक रोग सेवा, भिडियो एक्स रे सेवा प्रदान गर्नुका साथै छाती तथा दम रोग, सुगर, प्रेसर, टाउको, मृगौला, हाडजोर्नी तथा नशा र मानसिक रोगसँग सम्बन्धी निशुल्क औषधि वितरण गरिएको थियो ।

गजुरी गाउँपालिकाको समन्वय तथा सहकार्यमा भएको शिविरमा धादिङ अस्पताल र एम.डि.एच फर्मा काठमाडौँको प्राबिधिक सहयोग रहेको थियो ।
सामाजिक कार्यमा सक्रिय संस्था लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले गत मंगलबार सदरमुकाम धादिबेसीमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
उक्त रक्तदान कार्यक्रममा एक सय १९ जनाले रक्तदान गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |