

धादिङ,११ असार।
धादिङमा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को अर्धबाषिक पूर्व समिक्षा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको आयोजनामा सोमबार धादिङबेशीस्थित नेपाल वार एसोसिएसनको हलमा इन्सेकद्धारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४’ को अर्धबाषिक पूर्व समिक्षा गरिएको हो । पुस्तक २०२४ को लागि सन् २०२३ को जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा गरिएको हो ।
कार्यक्रममा ईन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले धादिङमा ६ महिनाको अवधीमा ३३ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको जानकारी गराउनुभएको थियो । जसमा कुटपिटका घटना ३ वटा, बालबलात्कारका घटना ८ वटा,यौनदुव्र्यवहारका ४ वटा,बालक कुटपिट १ वटा,बलत्कारका घटना ३ वटा भएको अधिकारीले बताउनुभयो ।

त्यस्तै बलात्कार प्रयासका ६, कथित बोक्सि आरोपको १,मानव वेचविखनका २, बहुविवाह १, हत्या ३ र आत्महत्या दुरुत्साहनका १ घटना गरी ६ महिनाको अवधीमा ३३ वटा घटना अभिलेख भएको अधिकारीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले मानव अधिकार स्थान अनुसार र परिवेश अनुसार उपभोग गर्दा फरक फरक विषयलाई मानव अधिकारका रुपले व्याख्या गर्ने गरिएको बताउनुभयो ।
मानव अधिकारलाई स्थानीय रुपमा फरक किसिमले बुझ्नु पर्ने उहाँको धारणा थियो । इन्सेकले अभियलेख गरेको घटनालाई इतिहासको रुपमा रहेकोले धन्यवाद दिनुभयो ।
धादिङ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष विश्वराज अधिकारीले आत्महत्या दुरुत्साहन मुद्दा मनपरी रुपमा आएको र कानूनीरुपमा भएको व्यवस्थाको दुरुपयोग भएकोले सबै आत्महत्या दुरुत्साहनलाई गम्भीररुपमा लिन नसकिने बताउनुभयो ।

महिला मानव अधिकाररक्षकहरुको राष्ट्रिय संजाल बागमति प्रदेशका अध्यक्ष गायत्री खतिवडाले विपदको समयमा तत्काल राहत उद्धार गर्नुपर्ने स्थानीय सरकारले विस्थापित भएर बसेको धेरैसमय भइसक्दा पनि त्रिपाल समेत नदिएर स्थानीय सरकारले मानव अधिकार विरोधी काम गरेको बताउनुभयो ।
नेपाल मानव अधिकार संगठनका धादिङका अध्यक्ष एवं अधिवक्ता कृष्णराज अधिकारी, विष्णुकुमार श्रेष्ठ, खिल गीरी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, दलित अधिकारकर्मी बेगबहादुर सुनार, अपांगता अधिकारकर्मी राजु रेग्मी, धादिङ अस्पतालका कृष्णलाल उप्रेती, लगायतले मानव अधिकार व्यक्तिको अधिकार भएकोले राज्यले संरक्षण र सुरक्षाको जिम्मा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लामा कृयाशिल मानवअधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागिता थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |