

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका १ झार्लाङमा विद्युत् ट्रान्सफर्मर पड्किँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
च्यामथली मेघामा रहेको ट्रान्सफर्मर पड्किएपछि झार्लाङका एक सय २५ घर परिवार ७ दिनदेखि अन्धकारमा रहेको झार्लाङबाट मनिष तामाङले बागमती कलमलाई जानकारी दिनुभयो ।
च्यामथली, मेगबुधु,गरस्योङ र ग्यल्म्रङका एक सय २५ घरधुरी अन्धकारमा रहेको तामाङले बताउनुभयो ।
सात दिन अघि सोही क्षेत्रमा चट्याङ परेको भएपनि ट्रान्सर्फमरमा भने चट्याङ नपरेको स्थानियको भनाइ छ ।विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् ।
पड्किएको ट्रान्सफर्मरको विषयमा प्राविधिकसँग बुझ्दा मर्मत नहुने जानकारी आएपछी नयाँ ल्याउने प्रक्रिया सुरु भएको गाउँपालिकाको वडा नं १ का वडा अध्यक्ष सोनाम बहादुर तामाङले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |