

गृह मन्त्रालयले सामाजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न मातहतका निकायलाई परिपत्र गरेको छ ।
ज्येष्ठ नागरिकलाई परिचयपत्र नम्बर बनाउन असहज भएकाले यससम्बन्धी पुरानो निर्णय कार्यान्वयन नगर्न गृहले परिपत्र गरेको हो ।
यसअघि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने नियम लागू भएको थियो ।
तर, ज्येष्ठ नागरिकले दुःख पाएको गुनासो गरेपछि गएको असार २७ गते सरकारले तत्कालका लागि यो नियम स्थगित गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले निर्णय गरे पनि यससम्बन्धी औपचारिक परिपत्र नआएको भन्दै पालिकाहरुले परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दै आएका थिए ।
अब अनिवार्य नगर्न मातहतका सबै निकायलाई परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |