

धादिङ- ठूलो वर्षातका कारण जमिन भासिने र पहिरिन थालेपछी गंगाजमुना गाउँपालिका-३ अम्बोटेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको छ ।
गुरुङगाउँ होमस्टेको नामले परिचित अम्बोटेगाउँका १६ घर परिवार जोखिममा परेका छन् ।
पहिरोका कारण गाउँमा क्षति हुन थालि सकेको र अब फेरी ठूलो पानी प¥यो भने ठूलै विपत्ति निम्त्याउने स्थानीय रुपा गुरुङले बताउनुभयो ।
ठूलो वर्षा र सडकबाट बगेको भलपानी पनि बस्तीमै पसेका कारण गाउँमा क्षति पुगेको भन्दै उहाँले बस्ती भन्दा माथी र तलको दुई वटा पहिरोले गाउँ पुरै बगाउने खतरा रहेको बताउनुभयो।
बस्तीको सिरानबाट र तल्लो भागबाट खसेको पहिरोले उच्च जोखिम बढाएको र पहिरो झर्ला भन्ने सोच्दै नसोचेको स्थानहरुमा पहिरो चल्न थालेपछि गाउँमा त्रास र चिन्ता बढेको अञ्जना गुरुङले बताउनुभयो ।
पहिरोले १३ घर उच्च जोखिममा परेको छ ।
नमूना होमस्टेको रुपमा परिचित घरहरु आवतजावत गर्न चिटिक्कसँग सिंगारेर राखेको एकमात्रै गोरेटो बाटो पनि पहिरोले थुनिएको छ ।
केही वर्षदेखि मात्रै होमस्टे सुरु गरिएको गुरुङ गाउँ पहिरोको जोखिम बढेपछि स्थानीयहरु त्रास र चिन्तामा परेका छन् ।
दिनमा त घर बाहिर हुदा थाहा होला तर रातको समयमा त झनै जोखिम रहेको भन्दै स्थानीय लोक बहादुर गुरुङले भन्नुभयो,‘हाम्रोे आम्दानीको श्रोत बन्दै गएको होमस्टे मात्र होइन, ओतलाग्ने छानो र वर्षाैदेखि बस्दै आएको थातथलो नै गुमाउने डरमा छौं ।’
भलपानीले सडक र गौडाहरु तहसनहस पारेको छ भने जमिन कटान गरेर बस्तीतर्फ पसेको भलपानीले मानिस हिँडडुल गर्ने बाटोमा समेत क्षति पुगेको छ ।
गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले वडासँगको सहकार्यमा पालिकाले पहिरो रोकथाम तथा व्यवस्थापनका लागि काम गरि रहेको जानकारी दिनुभयो ।
पहिरोकै कारण हिजो राती एक परिवार छिमेकीमा सरेको र दुइ घर उच्च जोखिम रहेको श्रेष्ठले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |