

धादिङ- धादिङको थाक्रे गाउँपालिका वडा नं १० गढीमा तिन वटा चितुवा मृत फेला परेको छ ।
गढीस्थित अदुवाबारीमा २ वटा र मकैबारी १ वटा चितुवा मृत भेटिएको वडा नं १० का वडा अध्यक्ष गोकुल लामिछानेले बागमती कलमलाई जानकारी दिनुभयो ।
आज दिउँसो घाँस काट्न गएको बेला स्थानियले देखेर खबर गरेपछी आफुसँगै प्रहरीसहितको टोली घटनास्थलमा पुगेको वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।
मृत अवस्थामा फेला परेको चितुवा सव-डिभिजन वन कार्यालय बैरेनीलाई बुझाइएको छ ।
चितुवा के कारणले मरेको भन्नेबारेमा यकिन नभएको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |