

धादिङ । धादिङ जिल्ला अदालत वार एसोसियसनको अध्यक्षमा अधिवक्ता टंककुमार श्रेष्ठ चयन हुनुभएको छ ।
शुक्रबार सिद्धलेकमा भएको ३६ औँ साधारणसभा तथा १८ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट, सचिवमा अधिवक्ता रामकृष्ण अधिकारी, कोषाध्यक्षमा अधिवक्ता खिल गिरि र सदस्यहरु अधिवक्ता विश्वराज अधिकारी अधिवक्ता गोपि अर्याल, अधिवक्ता अम्बिका घिमिरे श्रेष्ठ, अधिवक्ता विनोदमान श्रेष्ठ, दिनेश दुवाडी चयन हुनुभएको छ ।
धादिङ जिल्ला अदालत वार एसोसियसनका निवर्तमान अध्यक्ष विश्वराज अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा सचिव अधिवक्ता रामचन्द्र भट्टले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
धादिङ जिल्ला अदालत वार एसोसियसन १९ जना सदस्य रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |