

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ पाेखरेखाेलामा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ९ जना घाइते भएका छन् ।
धादिङबेंसीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि पहिरोसँगै रुख ढलेर बजारिदा ९ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
सुख्खा पहिरो खसेर केहीबेर अवरुद्ध भएको राजमार्ग अहिले खुलिसकेको छ।
घटनाको थप विवरण आउन बाँकी छ । तस्वीर : धादिङ मंडली यातायात





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |