

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृष्ण सारु मगरलाई सम्मान गरेको छ ।
शुक्रबार धादिङबेशी स्थित नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको कार्यालयमा एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष मगरलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मगरले चुनावी मैदानमा रहदा गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताउनुभएको छ। उहाँले ‘राजतिनिक संगठन भन्दा पनि माथि उठेर फोनिजलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
पत्रकार महासंघ र फोनिजको गरिमा, साझा र व्यवसायिक चरित्र कायम गर्न गुनासोरहितको काम गर्दै संस्थाको गरिमा अझ थप उचाईमा पुर्याउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘फोनिजले उठाएका थुप्रै सवालहरु अझै अधुरा छन् । ति सवालहरुको सम्बोधन गर्ने प्रयन्त रहनेछ । सत्य नारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन् भनेर हामी लडिरहेका छौं । मैले बागमती प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालिरहदा थप समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिका कोषाध्यक्ष शंकर श्रेष्ठले कृष्ण जीको जीतले सिंगो फोनिजकर्मीमा आशाको दियो बालेको बताउनुभयो।बागमती प्रदेशको अध्यक्षको नेतृत्वमा पुग्नु सामान्य कुरा नभएको भन्दै श्रेष्ठले यो कार्यकालमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशले निकै फड्को मार्ने विश्वास लिएको बताउनुभयो ।
यस्तै फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले सारु मगरलाई बधाई दिदै सिंगो फोनिजको जित रहेको बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |