

धादिङ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली सेनाले गोरखा–काठमाडौं एकिकरण मार्गमा पुस २१ गतेबाट पदयात्रा सुरु गर्ने भएको छ।
३०३ औँ पृथ्वी जयन्तीको अवसरमा २१ गते गोरखाबाट सुरु हुने यात्रा धादिङ,नुवाकोट जिल्लागत हस्तान्तरण हुँदै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा काठमाडौं हनुमानढोकामा हुने विशेष समारोहमा पुगेर यात्रा टुंगिने छ ।
पृथ्वी नारायण शाहले नुवाकोट, काठमाण्डौ एकिकरणको क्रममा प्रयोग गरेको बाटो र ऐतिहासिक स्थलको संरक्षण गरि एकिकरणको पदचिन्हलाई पहिल्याएर शिक्षा लिन नेपाली सेनाको अगुवाइमा एकिरण पदयात्रा गर्दै छ ।
पदयात्रा धादिङ क्षेत्रमा व्यवस्थित गरि ऐतिहासिक धार्मिक तथा अन्य महत्वपूर्ण स्थानहरुबारे जानकारी दिन शिवदल गण धादिङले संयोजन गर्ने भएको छ ।
मंगलबार धादिङमा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा बसेको समन्वय बैठकले आरुघाटमा पुस २१ गते स्वागत गरिने एकिकरण पदयात्रा टोलीलाई पुस २३ गते भर्याङभुरुङबाट विदाइ गर्ने योजना बनाएको शिवदल गणका सेनानी हेमप्रसाद सिवाकोटीले बताउनुभयो ।
एकिकरण टर्च र नेपाली झण्डा, शिवदल गणको झण्डा सहितको टोलीले आरुघाट, रानीपौवा, त्रिपुरासुन्दरीबेसी, खहरे बजार, कटुन्जे हुँदै भर्याङभुरुङ पुगेर नुवाकोटको टोलीलाई टर्च र झण्डा हस्तान्तरण गर्ने छ ।
पदयात्रामा सहभागी हुन नागरिकलाई बैठकले आग्रह गरेको छ।
समन्वय बैठकमा नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल,शिवदल गणका प्रमुख सेनानी अरुण कार्की, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपेन्द्र शाही, ससस्त्र प्रहरी प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, वडाअध्यक्षहरु लगायतका सहभागि हुनुभएको थियो ।
धादिङमा पृथ्वीनारायण शाहले बाटो प्रयोग गर्दा पाटी पौवा बनाएको, कोषेढुंगाहरु गाडेका थिए ।
धादिङमा १५, १६, १७, १८, १९ र २० कोषका ढुंगा गाडेर राखिएको स्थानहरु पर्दछ । यो ४२ किलोमिटर क्षेत्र हो ।
गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोषको दूरीको यात्रा हुन लागेको हो । सेनाले विगतका वर्षमा पनि गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |