

काठमाण्डौ । सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित वरपर महसूस भएको थियो ।
२०७२ सालको गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरूप आजको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मोनिका झाले बताउनुभयो।
यसअघि पुस १६ गते बिहान ७ बजेर ५४ मिनेटमा बैतडी केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो।
यस्तै पुस ११ गते बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |