

धादिङ । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले धादिङबेसी सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाको काम असार मसान्त भित्र सम्पन्न नगरे भुक्तानी पनि रोक्ने र कम्पनीलाई कालो सुचिमा राख्ने समेत चेतावनी दिनुभएको छ ।
आईतबार धादिङबेसीस्थित नगरपालिको कार्यालयमा भएको नगर प्रमुख ढुंगानाल निर्माण पक्षसँग छलफल गर्नुभएको छ ।
छलफलको क्रममा निर्माण कम्पनीले धादिङबेसी सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाको काम असार मसान्त भित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
सह लगानी कोषको ७० प्रतिशत र स्थानीय सहभागीता ३० प्रतिशत हुने गरी काम भईरहेको छ ।
अहिले सम्म भौतिक प्रगतीको काम ५३.०५ प्रतिशत सम्पन्न भएको र वित्तीय प्रगती ४९.३९ सम्पन्न भएको आयोजनाको जिम्मा लिएको सगुन कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ प्रा.ली.का प्रबन्धक निर्देशक सहदेव खड्काले जानकारी दिनुभयो ।
छलफलमा नगर प्रमुखले आफ्नो कार्याकालको गौरवको आयोजना मध्ये खानेपानीको काम पनि रहेको भन्दै तत्काल काम द्रुत गतिमा गर्न समेत निर्देशन दिनुभएको छ ।
काम गर्दा कुनै अवरोध भए तत्काल आफुलाई खबर गर्न समेत फिल्ड ईन्जिनियरहरुलाई निर्देशन दिनुभएको छ ।
छलफलमा नगर उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनका प्रमुख सुन्दर सुवेदी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका ईन्जिनियरहरु प्रदिप रेग्मी, अमृत भण्डारी, सगुन कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ प्रा.ली.का प्रबन्धक निर्देशक सहदेव खड्का र निर्माण पक्ष कम्पनीका ईन्जिनियहरुको सहभागिता रहेको थियो ।
अहिले सम्म खानेपानी कार्यालयका भवन, प्रसारण पाईप लाईन, वितरण पाईपलाईन अन्तिम चरणमा पुगेको छ ।
यसैगरी अल्छिडाँडा, अधिकारी डाँडा, राम्चे,डाँडागाउँ, भानुपार्क र भुलभुलेको काम पनि अन्तिम चरणमा पुगेको छ ।
खानेपानीको प्रशोधन केन्द्रको निर्माण भने सुरु हुन नसकेको आयोजना पक्षले जानकारी गराएको छ ।कुनै कुनै स्थानमा स्थानियसँगको विवादको कारणले काममा ढिलाई भएको छ ।
वि.स.२०८१ सालको असार भित्र खानेपानीको काम सम्पन्न गर्नको लागि मेयर ढुंगानाले आयोजना निर्माण पक्षलाई निर्देशन दिनुभएको छ ।
निर्माण पक्षले असार मसान्त भित्र काम सम्पन्न गर्ने गरी थप कामदार ल्याएर असार मसान्त भित्रनै खानेपानीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
धादिङबेसी सह-लगानी खानेपानी तथा सरसफाई आयोजनाबाट नीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३, ४ र १२ का नागरिकहरु लाभान्वित हुने छन् ।
उक्त खानेपानी आयोजनाको काम सम्पन्न भएपछि धादिङबेसीको खानेपानीको समस्या हल हुनेछ ।उत्कृष्ट खानेपानी वितरण स्थापना गर्ने गरी बजार क्षेत्रको खानेपानी पाईप लाईन विस्तार भईरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |