

काठमाण्डौ । सार्वजनिक गाडीको भाडा बढोको छ ।आजदेखी लागुहुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएर सूचीसमेत सार्वजनिक गरेको छ।
यात्रुवाहक गाडीको भाडा तीन दशमलव ३० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।
यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।
इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन् ।
यसपटक इन्धनको भाउमा धेरै तलमाथि नभए पनि सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च बढेकाले भाडा बढाइएको विभागले जनाएको छ ।
यसअघि अन्तिम पटक गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो ।
यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा समायोजन गर्न यही पुसको ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहमति प्राप्त भएको विभागले जनाएको छ ।
हेर्नुहोस् सुचि :





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |