

धादिङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा पुनःअर्जुन श्रेष्ठ चयन हुनुभएको छ।
बिहिवार धादिङबेशीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा विरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ र कोषाध्यक्षमा दिलिप श्रेष्ठ चयन हुनुभएको छ।
यसैगरि सदस्यहरुमा इश्वर मगर, सनिता चेपाङ, गजेन्द्र गुरुङ, भुवन महर्जन, विकल चेपाङ, रिता कुमारी मगर (चिनो) चयन हुनुभएको छ।
अधिवेशनले संघीय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, काजी श्रेष्ठ, निरमाया तामाङ(डोल्मा मम्बा) लाई चयन गरेको छ भने प्रदेश प्रतिनिधि परिषद सदस्यमा सन्तोष राज श्रेष्ठ, रेख बहादुर गुरुङ, नीर बहादुर तामाङ, लक्ष्मी भुजेल, लक्ष्मी शाक्य, विनोद तमु, अशोक श्रेष्ठलाई चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीक र पेशागत सुरक्षामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । उहाँले जनजाति पत्रकारहरुको क्षमता अभिवृद्दि गरि पत्रकारिता क्षेत्रमा सिक्ने, टिक्ने र बिक्न सक्ने (कामले खोज्ने) गरि पत्रकारहरुलाई सक्षम बनाउने गरि काम गर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सीताराम अधिकारीले फोनिज धादिङकाे लागि १० हजार सहयाेग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयाे।
आदिवासी जनजाति महासंघ धादिङका संस्थापक अध्यक्ष हरिशंकर गिदेल मगरकाे प्रमुख आतिथ्यमा भएकाे उद्घाटन समाराेहमा पत्रकार महासंघका जिल्ला अध्यक्ष अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव काजी श्रेष्ठ, फाेनिजका बागमती प्रदेश काेषाध्यक्ष शंकर श्रेष्ठ, तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष नीर तामाङ, प्रेस युनियनका जिल्ला अध्यक्ष सन्ताेषराज श्रेष्ठले शुभकामना व्यक्त गर्नुभएको थियो।
फोनिज धादिङको अध्यक्षमा सुरुवाती दुई कार्यकाल ठाकुर गुरुङ, दुई कार्यकाल शंकर श्रेष्ठ हुनुभएको थियो भने हाल निर्वाचित श्रेष्ठको यो दोश्रो कार्यकाल हो।कार्यसमितिको कार्यकाल ३ बर्षको हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |