

धादिङ । धादिङमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै देविघाट सवस्टेशन देखि रातमाटे सवस्टेशन हुदै धादिङवेशी–जरे– सल्यानटार आएको ३३ के. भि. प्रसारण लाईनको दायाँ बायाँ नजिक रहेका रुखको हागाँहरु काट्ने तथा लाईन मर्मत सुधार कार्य गर्नुपर्ने भएकोले आज बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
धादिङ सवस्टेशन, सल्यानटार सवस्टेशन र जरे सवस्टेशन बाट सञ्चालन हुने सम्पुर्ण एरियाहरु (निलकण्ठ नगरपालिका, सिद्धलेक गाउपालिका, ज्वालामुखी गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका, वेनीघाट रोराङ गाउपालिका, गजुरी गाउपालिका, गल्छि गाउपालिका, गंगाजमुना गाउपालिका केहि स्थान र गोरखा जिल्लाको आरुघाट फिडर अन्तर्गका स्थानहरु) मा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |