

धादिङ । ग्रामीण यातायात सहकारी संस्था लि. धादिङको अध्यक्षमा बद्री सुवेदी चयन हुनुभएको छ ।
शनिबार धादिङबेशीमा भएको सहकारीको सोह्रौँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ईश्वर धरेल ,महासचिवमा प्रमोद पोखरेल, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ, सचिवमा बिनोदबाबु रिमाल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सुरेन्द्र कोईराला,कुल बहादुर रायमाझी,शेर बहादुर बस्नेत,हरि बहादुर गुरुङ, तिलक श्रेष्ठ र मंग बहादुर तामाङ रहेका छन् ।
नयाँ कार्यसमिति सर्वसहमत चयन गरिएको हो ।
यस्तै अधिबेशनबाट ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरिएको छ ।चन्द्र बहादुर लम्सालको संयोजकत्वमा राजाराम रिजाल र केशव कुमार श्रेष्ठ लेखा सुपरिवेक्षण समिति सदस्य रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |