

धादिङ ।धादिङका पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा दुर्गम क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र अनलाइन सञ्चार माध्यम दर्ता, नविकरण घुम्ती शिविर सञ्चालन गरिएको हो ।
धादिङबेसीमा शनिबारदेखी सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
शिविरमा २ वटा अनलाईन दर्ता, २ वटा अनलाईन नवीकरण र १८ जनाको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको थियो।
क्षमता अभिवृद्धि तालिममा समाचारको आधारभूत ज्ञान, अन्तरर्वार्ता, मोबाईल जर्नालिजमका बारेमा डा.विजय कुमार मिश्र र रामशुभक महतोले सहजीकरण गर्नुभएको थियो ।
पत्रकार महासंघको हलमा संचालित ३ दिने तालिममा जिल्लाका बिभिन्न सञ्चारमाध्यममा आवद्ध ४४ जना पत्रकारहरु सहभागी थिए ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पुर्णिमा उपाध्याय, प्रशिक्षक डा.विजय मिश्र, नेपाल पत्रकार महासंघ धादिङका सल्लाहकार राजन अधिकारी, पत्रकार पोषनाथ अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सूचना तथा प्रसारण विभागका निर्देशक उपाध्यायले अहिले सिकेका अनुहार पछिका ठुला पत्रकार हुने आशा व्यक्त गर्दै तालिमको समापनले सिकाईको सुरुवात भएको बताउनुभयो ।
सूचना तथा संचार विभागका निर्देशक उपाध्याय सहितको टिमलाई पत्रकार महांसघ धादिङको तर्फबाट अध्यक्ष अधिकारीले मायाँको चिनो मायाको चिनो प्रदान गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |