

धादिङ । धादिङमा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरु गरिएको छ ।
जिल्लामा पहिलो पटक सदरमुकाम धादिङबेशी रहेको नीलकण्ठ नगरपालिका वडा नं ३ बाट शुक्रबारदेखी सेवा प्रवाह तथा अनलाइन सिफारिस कार्यको शुभारम्भ गरिएको छ।
नागरिकलाई सरकारी सेवाहरूको सहज पहुँच सुनिश्चित गर्नु र अनलाइन माध्यमबाट सिफारिस प्राप्त गर्ने प्रक्रिया सरल र प्रभावकारी बनाउने उद्देश्यले धादिङमा अनलाइन सिफारिस शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । उहाँका अनुसार यो सेवा जिल्लाको १ सय ४ वटै वडामा सेवा सुरु गरिने छ ।
सेवाग्राहीलाई झन्झट मुक्त र सरल रुपमा सेवा प्रवाह गर्न अनलाइन सेवा सुरु गरिएको भन्दै प्रजिअ घिमिरेले अब हातले लेखिएको सिफारिसलाई मान्यता नदिने बताउनुभयो ।
प्रणाली सुरु गर्न सबै गाउँपालिका तथा नगरपालिकाका सबै वडामा कार्यान्वयन गर्न र गराउन गृह मन्त्रालयबाट १०४ वटै वडाका कर्मचारीका लागि अभिमूखिकरण भईसकेको बताउनुभयो ।
साथै वडाबाट नागरिकताको अनलाईन सिफारिस शुभारम्भ गर्न आफ्नो कार्यक्षेत्रका वडामा आवश्यक व्यवस्था मिलाउन र सम्पर्क कर्मचारी तोकि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई दिन सबै गाउँपालिका तथा नगरपालिकालाई प्रजिअ घिमिरेले अनुरोध गर्नुभएको छ ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्माले अनलाइन सिफारिस प्रणालीले नागरिकहरूको सेवा प्रवाहमा महत्वपूर्ण कदम अघि बढेको बताउनुभयो। यस प्रणालीको आरम्भले कार्यक्षमता र पारदर्शिता दुवैलाई बढावा दिने भन्दै उहाँले सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्न सकिने र नागरिकलाई अझ सरल र पारदर्शी सेवा सुविधा प्रदान गर्न मद्दत् पुग्ने बताउनुभयो।
नीलकण्ठ नगरपालिका–३ का कार्यबाहक वडा अध्यक्ष सम्झना विकले वडा नम्बर ३ बाट सेवा सुरु गरिएकोले वडाबासीलाई सेवा लिन आग्रह गर्नुभएको छ ।
यस्तै वडा सदस्य सन्तोष थापाले यो सेवा सुरु गर्न नीलकण्ठ नगरपालिकाको ३ नम्बर वडालाई छानेको र यो सेवा सुचारु गरेकोमा धन्यवाद दिदै यो सेवाबाट धेरै भन्दा धेरै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, प्रवक्ता एवम वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतले सेवा प्रभावकारी रहने विश्वाससँगै शुभकामना दिएका छन् ।
नागरिकता अभिलेखको अनलाइन प्रणाली सुदृढ गर्न गृह मन्त्रालयले व्यक्तिगत घटना दर्ता (पंजिकरण) प्रणाली (VERS) मा आवद्ध गरी नागरिकताको अनसूची फाराम वडा कार्यालयबाट सिफारिस गर्न अनलाइन प्रणाली विकास गरेको हो ।
नागरिकताको अनलाईन सिफारिस प्रणालीको मुख्य विशेषताहरुः
– नागरिकले जन्म दर्ताको प्रमाणपत्र, विद्यालयका शैक्षिक प्रमाणपत्र, आफ्नो वुवा आमाको नागरिकता, अन्यत्रबाट आएको भए बसाइ सराइको प्रमाणपत्रको सक्कल कागजात समेत लिइ वडा कार्यालयमा पेश गर्नु पर्ने ।
– जिल्ला प्रशासन कार्यालयमा वडा कार्यालयबाट दिइने अनुसूची फारामको सक्कल र आफ्ना सबै प्रकारका प्रमाणपत्रको सक्ककल लिइ आउनु पर्ने (फोटोकपी आवश्यक नपर्ने) ।
– फोटो यथावत आवश्यक पर्ने ।
– जन्म दर्ता नम्बरका आधारमा जिल्ला प्रशासन कार्यालयमा अनलाइन प्रणालीमा हेरिने ।
– सनाखतको व्यवस्था यथावत कायम रहने ।
– नागरकिका विवरण कम्प्यूटर प्रणालीमा भण्डारण भई क्रमशः अनलाइन सेवामा आवद्ध गरिने ।
– सेवाग्राहीको समय बचत हुने आदि ।
हेर्नुहोस् भिडियो………..





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |