

काठमाण्डौ । बागमती प्रदेश मा अब नयाँ लाइसेन्सको लागि आवेदन दिनुका साथै लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा लिन अनलाइनबाटै सकिने भएको छ ।
प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र र ब्लू बुकसम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने काम शुरू गरेसँगै अब सेवाग्राहीले अनलाइनबाटै सेवा लिन सक्नेछन् ।
बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले edl.bagamati.gov.np नामको वेबसाइटबाट यो सेवा सञ्चालनमा ल्याएको हो ।
यस्तै, ब्लू बुक क्यूआर प्रणालीमार्फत गाडीको विवरण जाँच, ब्लू बुक नवीकरणजस्ता सेवाहरू पनि डिजिटलरूपमा उपलब्ध हुनेछन् ।
यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ, जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लू बुक देखाउन सक्नेछन् ।
ब्लू बुकमै समावेश गरिएको क्यूआर कोड स्क्यान गरेर गाडीको विवरण सजिलै हेर्न सकिन्छ ।इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली र ब्लू बुक क्यूआर प्रणालीमार्फत अनलाइन सेवा शुरू गरिएको मन्त्रालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |