

धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-पिपलामोड सडक खण्ड भोलि १० देखि जेठ २५ गतेसम्म दिउँसो साँढे ४ घण्टा बन्द गरिने भएको छ ।
बिहान साँढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर सडक निर्माण कार्य गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो।
आयोजनाले सडक निर्माणका लागि बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो।
यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो । अहिले दिउँसो बन्द गरेर निर्माणको काम तिब्र रुपमा गर्न लागेको सडक आयोजनाले जनाएको छ।
निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि प्राविधिक रुपमा निर्माण दिउँसो गर्नुपर्ने भनेपछि बन्द गरेर निर्माण गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौंबाट छुट्ने सवारी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौंतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ ।
सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेले अनुरोध गरेका छन् ।
सो अवधिमा उक्त सडक खण्डमा अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गर्न सकिने सडक आयोजनाले जनाएको छ ।
हाल उक्त सडकको १५०० मिटर सडकको कालोपत्रे भत्काउने कार्य सकिएको आयोजना प्रमुख ईन्जिनयर केशवप्रसाद ओझाले जानकारी दिनुभयो ।
सो समय अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ । यसैगरी नौबिसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।
बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल लगायतका अत्यावश्यकीय सेवाका सवारी साधन भने आउजाउ गर्न पाउनेछन् ।
यस अवधीमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।
वैकल्पिक मार्गहरूमा सितापाइला-भीमढुंगा-रामकोट-धार्के सडक मार्ग, सामाखुसी-टोखा-गुर्जे भञ्ज्याङ-छहरे-त्रिशूली (बेत्रावती)-गल्छी सडक मार्ग रहेका छन् । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |