

बिच्छिले टोकेर एक बालिकाको मृत्यु भएको छ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिका-७ मैनाटारमा बुधबार साँझ करिब ६ बजे वीरबहादुर वाइवाकी अन्दाजी ८ वर्षीया छोरी अस्मिता वाइवालाई आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा बिच्छिले टोकेको थियो।
टोकेको २० घण्टा पछि दिउँसो करिब २ बजेदेखि सास फेर्न समस्या देखिएपछि उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।
अस्पतालमा उपचाररत डाक्टरले राति ८ बजे अस्मितालाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी हात्तिसुडेबाट प्रहरी नायब निरीक्षक जनक बहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |