

काठमाण्डौ । यातायात व्यवसायीको आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगितसँगै सार्वजनिक गाडी चल्न थालेका छन् ।
गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।अस्ति सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो ।
तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् ।
सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो । हिजो बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |