

काठमाण्डौ । देशभर गर्मी बढेको छ । नेपालमा मध्य जेठमा मनसुन भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको हो। पूर्वको कोशीमा मनसुन भित्रिएसँगै एक/दुई दिन सक्रिय पनि भयो । त्यसपछि थप विस्तार हुन सकेन ।
नेपाल आइपुगेको मनसुन शिथिल बन्दा केही दिनदेखि कोशी प्रदेशमा समेत पानी परेको छैन । पश्चिम र मध्य क्षेत्रमा मनसुन भित्रिन सकेको छैन ।
मनसुन देशभर विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
आज कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ ।
भोलिदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |