

काठमाण्डौ । मलेखु–मुग्लिन सडक खण्ड आजदेखी असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक बन्द गर्न लागिएको जानकारी गराएको हो ।
राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने सूचनामा भनिएको छ ।
मुग्लिनबाट मलेखुतर्फ गुड्ने ठूला गाडीलाई मुग्लिन र साना गाडीलाई कुरिनटारमा रोकिने सूचनामा उल्लेख छ । यस्तै मलेखुबाट मुग्लिनतर्फ गुड्ने गाडीमध्ये ठूला गाडी मलेखु र साना गाडी शीतल बजारमा रोकिनेछन् ।
गाडी रोकिएको ठाउँबाट बिहान ३ बजेमात्रै अगाडि बढ्न दिने पनि सूचनामा उल्लेख छ । filephoto






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |