

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका-७ भल्टारमा दुई वटा माइक्रो एकापसमा ठोक्किदा १२ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो लमजुङबाट काठमाडौंतर्फ आउदैँ गरेको बा ४ ख ६९४ नम्बरको बस र विपरीतदिशा तर्फबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नम्बरको माइक्रो ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी दुबै सवारी साधनका ६/६ जना घाइते भएका प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ ।
दुबै सवारी साधनका चालक पनि घाइते भएका छन् । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको विवरण
बा ४ ख ६९४ नं को हाईसमा सवार १५ जनामध्ये ६ जना घाईतेहरू
१.चालक लमजुङको बेशिसहर न.पा-२ बस्ने बर्ष ५७ को केशर कार्की
२.लमजुङको दोर्दि गा.पा-२ बस्ने बर्ष ४० की शुशिला थापा
३. लमजुङको दोर्दि गा.पा-२ बस्ने बर्ष ७० को रुप बहादुर थापा
४. लमजुङको बेशिशहर न.पा-८ बस्ने वर्ष ७३ की सुबिनी गुरूङ
५. लमजुङको बेशिशहर न.पा-८ बस्ने वर्ष ४१ को सन्तोष गुरुङ
६. लमजुङको बेशिशहर न.पा-११ बस्ने बर्ष ४१ की बसन्ति बिक
बाग्मति प्रदेश ०१-००६ ख ७१४१ नं को हाईसमा सवार १२ जनामध्ये ६ जना घाईतेहरु
१. धादिङको ज्वालामुखि गा.पा-३ बस्ने बर्ष ३० को बिरेन्द्र बिक
२. गोरखाको गण्डकी गा.पा-३ बस्ने बर्ष ४६ को हरिकृष्ण पन्त
३. कास्कीको पोखरा-१५ बस्ने बर्ष ४६ की बोलु कुमारी गुरूङ
४. धादिङको धुनिबेसि न.पा-५ बस्ने बर्ष ३० को एलिना राई
५. धादिङको धुनिबेसि न.पा-५ बस्ने बर्ष १२ को इशाक राई
६. कास्कीको पोखरा-३० बस्ने बर्ष ४५ को अमित थापा मगर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |