

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ शितल बजारमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
बुधबार राति ८ः२० बजेको समयमा मुलिङ्गबाट मलेखु तर्फ आउदै गरेको बा ९६ प २१८९ नं को मोटरसाइकल र बिपरित दिशा मलेखुबाट मुलिङ्गतर्फ जाँदै गरेको बा ९७ प ७९६४ नं को मोटरसाइकल एक आपसमा ठोक्किएको धादिङ प्रहरीले जनाएको छ।
घाईते हुनेहरुमा दुबै मोटरसाईकलका चालक धादिङको सिद्धलेक गाउँपालिका-३ बस्ने बर्ष १९ को राम्जी बिसुन्के र गजुरी गाउँपालिका-२ बस्ने बर्ष ३३ को सम्भु चौधरी रहेका छन् ।
घाईतहरुको अवस्था सामान्य रहेको र उपचारको लागी राजमार्ग अस्पताल मलेखु पठाइएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |