

धादिङ,१४ फागुन ।
जिल्ला प्रहरी कार्यालय धादिङले अपराधिक उपद्र र सवारी ज्यान मुद्दाका तिन फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
धादिङ जिल्ला अदालतको २०७८ चैत १५ गतेको फैसलाबाट अपराधिक उपद्र मुद्दामा २ वर्ष कैद र २० हजार जरिवाना रहि फरार रहेका ज्वालामुखी गाउँपालिका–७ का ५३ वर्षीय तोयाराम रुवालीलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
यस्तै २०६७ असार २० गतेको फैसलाले सवारी ज्यान मुद्धामा कसुरदार ठहर भई फरार रहेका थाक्रे गाउँपालिका–२ का ४३ वर्षीय मानबहादुर लामा पक्राउ परेका छन् भने २०६२ वैशाख २१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा कसुरदार ठहर भई फरार रहेका थाक्रे–२ कै सुमन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी जैसवारले बताउनुभयो ।
पक्राउ परेका ३ जनालाई नै आवश्यक कारबाहीका लागि धादिङ जिल्ला अदालत पेश गरिएको जैसवारले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |