

धादिङ,१७ चैत ।
धादिङवेशीमा जिल्ला तथा राष्ट्रिय स्तरको खुल्ला ब्याडमिन्टन प्रतियोगिता तेस्रो मेयर कप २०७९ आजदेखी सुरु भएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा जिल्ला ब्याडमिन्टन संघ धादिङको व्यवस्थापन र नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा आजदेखी सुरु भएको प्रतियोगितामा ‘सि’ लेभलका खेल भईरहेको धादिङ ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिभिन्न ९ इभेण्टमा प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
जसमा जिल्ला स्तर पुरुष युगल बि, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटा एकल, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटी एकल, राष्ट्रिय स्तर पुरुष एकल, राष्ट्रिय स्तर महिला एकल, राष्ट्रिय स्तर पुरुष युगल(¥याकिंङ २० बाहेक मात्र), राष्ट्रिय स्तर निर्वाचित जनप्रतिनिधी पुरुष युगल, राष्ट्रिय स्तर भेन्ट्रास ४५ बर्ष माथि पुरुष युगल र राष्ट्रिय स्तर भेन्ट्रास ५५ बर्ष माथि पुरुष युगल रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार जिल्ला स्तर पुरुष युगल बितर्फ प्रथम पुरस्कार ३० हजार, द्धित्तिय २० हजार र तृतीय १५ हजार( शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय यु १७ बर्ष मुनिका केटा एकलतर्फ प्रथम २५ हजार, द्धित्तिय १५ हजार र तृतीय १२ हजार( शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटी एकलतर्फ प्रथम २५ हजार, द्धित्तिय १५ हजार र तृतीय १२ हजार( शिल्ड मेडल र प्रमाणपत्र) रहेको छ ।
यस्तै राष्ट्रिय स्तर पुरुष एकलतर्फ प्रथम ५१ हजार, द्धित्तिय ३४ हजार र तृतीय २० हजार( शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर महिला एकलतर्फ प्रथम ३५ हजार, द्धित्तिय २२ हजार र तृतीय १५ हजार( शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर पुरुष युगल(¥याकिंङ २० बाहेक मात्र) तर्फ प्रथम ४० हजार, द्धित्तिय २५ हजार र तृतीय १८ हजार( शिल्ड मेडल र प्रमाणपत्र) रहेको छ ।
यसैगरी राष्ट्रिय स्तर निर्वाचित जनप्रतिनिधी पुरुष युगलतर्फ प्रथम ३५ हजार, द्धित्तिय २२ हजार र तृतीय १५ हजार( शिल्ड मेडल र प्रमाणपत्र),राष्ट्रिय स्तर भेन्ट्रास ४५ बर्ष माथि पुरुषतर्फ प्रथम ३५ हजार( शिल्ड मेडल र प्रमाणपत्र), द्धित्तिय २२ हजार र तृतीय १५ हजार( शिल्ड मेडल र प्रमाणपत्र) रहेको छ भने राष्ट्रिय स्तर भेन्ट्रास ५५ बर्ष माथि पुरुष युगलतर्फ प्रथम ३५ हजार, द्धित्तिय २२ हजार र तृतीय १५ हजार र शिल्ड मेडल र प्रमाणपत्र रहेको धादिङ ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार उक्त प्रतियोगितामा पुरस्कार राशिमात्रै ८ लाख ६ हजार २५० रहेको छ ।
प्रतियोगितामा साँढे २० लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको छ । धादिङबेशीस्थित कबड्डी हलमा हुने उक्त प्रतियोगितामा बिभिन्न जिल्लाबाट तीन सय बढी खेलाडीहरु सहभागी छन्।
प्रतियोगिताको आधिकारीक उद्घाटन भने चैत २३ गते हुने आयोजकले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |