

धादिङ,३१ असोज ।
धादिङमा भोलिदेखी जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । धादिङ जिल्ला क्रिकेट संघको आयोजना तथा बिभिन्न पालिकाहरुको सहयोगमा भोलिदेखि सात गतेसम्म बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय मा.विको खेल मैदानमा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाका सहभागी हुने भएका छन् ।धादिङ जिल्ला क्रिकेट संघले आइतबार पत्रकार सम्मेलन गर्दै खेल तालिका समेत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले स्थानीय स्तरमा रहेका प्रतिभालाई उजागर गर्दै क्रिकेट खेल मार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले खेलाडीको लागि खेल्ने ठाउँ बनाउन र खेलकुदमा लागेका खेलाडीको आवश्यकता पुरा गर्न गाउँपालिका सदैब तयार रहेको बताउनुभयो ।उहाँले बेनिघाटमा एक उत्कृष्ट क्रिकेट रंगशाला बनाउने योजना समेत रहेको बताउनुभयो ।
प्रतियोगिताको खेल तालिका अनुसार चार/चार टिमको दुई समुह बिभाजन गरिएको छ । जसअनुसार समुह ए मा खनियाबास, त्रिपुरासुन्दरी, धुनीबेसी र गजुरी रहेको छ भने समुह बी मा सिद्धलेक, बेनीघाट रोराङ, गल्छी र नीलकण्ठ नगरपालिका रहेको छ ।
भोलि उद्घाटनको पहिलो खेलमा गजुरी र खनियाबास बिच हुनेछ भने दोस्रो खेल धुनीबेसी र त्रिपुरासुन्दरी बिच खेल हुने संघले जनाएको छ । धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो ।पछिल्लो समय जिल्लामा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता हुन थालेका छन् भने विद्यालयमा हुने बार्षिक खेलकुदमा पनि क्रिकेट खेललाइ समावेश गरिन थालिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |