

धादिङ,३० जेठ।
जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानीको अनलाइन फाराम नभरी सिधै लाइभ इनरोलमेन्टको व्यवस्था गरिएको छ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै विद्युतिय राहदानीको फारम भर्ने कार्यमा सेवाग्राहीहरुको सहजताका लागि आगामी असार ३ गते आईतबारदेखि कार्यालयबाटै निशुल्क राहदानीको लाइभ इनरोलमेन्ट गरी सोहीदिन बायोमेट्रिक विवरण संकलन गरिने जनाएको छ ।
असार ३ गते आईतबारदेखि बिहीबारसम्म बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म दिनमा ७० जना सेवाग्राहीको दरले र शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म ५५ जनाको दरले कार्यालयमा पहिला आउने सेवाग्राहीलाई पहिले सेवा दिइने गरी व्यवस्थापन गरिएको सूचनामा भनिएको छ ।
साथै राहदानी बनाउन आउँदा गरगहनाहरु नलगाई तथा श्रृङगार नगरी आउन पनि सूचनामार्फत अनुरोध गरिएको छ । प्रशासनले नै निःशुल्क फारम भर्ने व्यवस्था गरेपछी सेवाग्राहीलाई केही राहत मिल्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |