

धादिङ,०३ असार।
धादिङ जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगितामा पुरुषतर्फ राईजिङ कबड्डी ग्रुप र महिलातर्फ बाल मन्दिर मावि प्रथम भएको छ ।
आईतबार भएको फाईनल खेलमा पुरुषतर्फ धादिङबेशीको राईजिङ कबड्डी ग्रुपले धादिङबेशीकै न्यू किबो बोर्डिङलाई पराजित गर्दै प्रथम भएको हो।
त्यस्तै महिला तर्फ भने धादिङबेशीको बालमन्दिर माविले धादिङबेशीकै नीलकण्ठ मावि लाई पराजित गर्दै प्रथम भएको छ । पुरुषतर्फ प्रथम भएको राईजिङ कबड्डी ग्रुपले नगद ५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको न्यु किवोले नगद ३० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।
त्यस्तै महिलातर्फ प्रथम भएको बाल मन्दिर माविले नगद ३० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको नीलकण्ठ माविले नगद २० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।
यसैगरी पुरुषतर्फ धादिङ कबड्डी क्लव तेस्रो भएको छ भने महिला तर्फ धादिङ कबड्डी क्लव नै तेस्रो भएको छ । महिला पुरुष दुबैको तृतीय हुने समुहले ट्रफी,मेडल र प्रमाणपत्र पाएका छन् ।
बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद वाग्लेले पुरस्कार वितरण गर्नुभएको थियो ।
असार १ गतेदेखी धादिङ जिल्ला कबड्डी क्लवको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङबेशीस्थित कर्भड हलमा भएको प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानबाट १६ टिम सहभागी थिए।
धादिङ जिल्ला कबड्डी क्लवका अध्यक्ष रत्नेश यादवको अध्यक्षतामा भएको समापन कार्यक्रममा खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ,पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा,बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |