

धादिङ,०३ असार।
धादिङको ज्वालामुखी गाँउपालिका वडा नं.४ धौखोला दोभानटारबाट मृगको छाला र बन्दुकसहित चार शिकारी पक्राउ परेका छन् ।
शनिबार राती करिब ९ः२० को समयमा दोभानटार स्थित रामकृष्ण श्रेष्ठको घरमा गंगा गुरुङले सञ्चालन गरेको खाजा पसलमा केही शिकारीहरुले जंगली मृग मारी हतियार सहित खाजा खाँदैछन् भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलीले उक्त खाजा पसल घेरा हाली खानतलासी गर्दा दशी प्रमाण सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला धादिङ ज्वालामुखी गा.पा.वडा नं.४ बस्ने बर्ष ६० को पदम सिलवाल, सोही ठाउँका बर्ष ३० को राजेन्द्र शाक्य,बर्ष २८ को आशिष गुरुङ र ज्वालामुखी वडा नं.६ बस्ने बर्ष १९ को सुमन गुरुङ रहेका छन् ।पक्राउ परेका मध्ये सुमन गुरुङ यस भन्दा पहिला २०७८ सालमा पनि हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका थिए ।

पक्राउ परेका चारै जनालाई आईतबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट घाँटी देखि माथि टाउकोको भाग नभएको, ३७ ईन्च लम्बाई र २० ईन्च गोलाई रहेको, १ किलो ३५० ग्राम तौलको जंगली मृगको रौं सहितको आलो छाला एक थान, हड्डी सहितको तयारी आलो मासु १ किलो ९२५ ग्राम, ४ फिट ३.५’ लम्वाई भएको बारुद लोड गरिएको भरुवा बन्दुक २ थान, ४ फिट ३.५’ लम्वाई भएको भरुवा बन्दुक १ थान र १ थान १६ ईन्च लम्वाई भएको धारिलो हतियार खुकुरी बरामद गरेको छ ।

पक्राउ परेकालाई धादिङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यसैगरी शनिबार धादिङको नेत्रावती डबजोङ गा.पा.वडा नं.२ कमरेन माथि माथिल्लो गुम्बा नजिकको जंगलमा प्रहरी चौकी सेमजोङबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ नाल फेला पारी प्रहरी कार्यालय धादिङमा राखिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |