

धादिङ,०५ असार।
अतिरिक्त हुलाक धादिङका कर्मचारी आन्दोलित भएका छन् ।
सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको विरोधमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन् ।
अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन जिल्ला समिति धादिङले मंगलबारदेखी जिल्ला हुलाक कार्यालयमा धर्ना सुरु गरेको छ । अतिरिक्त हुलाक खारेजीका सट्टा रुपान्तरण र व्यवस्थापनको आवश्यकताका बेला सरकारले कार्यालय नै खारेजी गर्ने निर्णय गरे पछि आन्दोलित हुनुपरेको अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन धादिङका अध्यक्ष बुद्धिराज थपलियाले बताउनुभयो ।
कर्मचारीहरुले जेठ १६ देखि नै डाँक सेवा ठप्प बनाएको र आजदेखि धर्ना कार्यक्रम सुरु गरिएको थपलियाले बताउनुभयो ।सरकारले निर्णय तत्काल फिर्ता नलिए असार ११ गतेदेखि नयाँ कार्यक्रम घोषणा हुने उहाँको भनाई छ ।
धादिङमा ३७ अतिरिक्त हुलाकमा १३३ जना कर्मचारी कार्यरत छन् ।उनीहरुले जिल्ला हुलाक कार्यालय मार्फत सेवा सुविधा लिँदै आएका छन् ।यो कार्यालयमा ५ वर्ष देखि ५३ वर्ष सेवा गरेका ब्यक्तिहरु पनि छन् ।अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, हुलाकपत्र वितरक र डाकवाहक भन्ने तीन तहका कर्मचारी छन् ।
हुलाक प्रतिनिधिले आठ हजार तीन सय १० रुपैँया तलव पाउँछन् भने वितरक र डाकवाहकले मासिक सात हजार दुई सय ७५ रूपैयाँ तलव पाउँछन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा अतिरिक्त हुलाक खारेज गरी त्यहाँ कार्यरत कर्मचारीलाई सुविधासहित अवकाश दिने उल्लेख गरेको थियो ।
हाल अतिरिक्त हुलाकतर्फ हाल १० हजार ८५८ दरबन्दी कायम छ। त्यसमा तीन हजार ७४ हुलाक प्रतिनिधि, तीन हजार २४ पत्र वितरक र चार हजार ७६० डाँकबाहक रहेको हुलाक सेवा विभागले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |