Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रास्वपा धादिङको सभापतीमा राजन अर्याल

३ घण्टा अघि
२

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

१६ घण्टा अघि
३

कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई

१७ घण्टा अघि
४

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 

१७ घण्टा अघि
५

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
६

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

१ दिन अघि
७

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

१ दिन अघि
८

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

१ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

३ दिन अघि
१०

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

३ दिन अघि
११

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

३ दिन अघि
१२

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

३ दिन अघि

धेरै पढिएका

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
२

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
३

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

५ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

३ दिन अघि
८

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

४ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

हेडसर (कथा)

  • बागमती कलम
  • १०७९ पटक पढिएको
  • प्रकाशित मिति: २०८० माघ २, मंगलबार (२ साल अघि)
हेडसर (कथा)
 शरण रेग्मी

हो, उनी त्यही हेडसर ! नौ बर्षअघि शिक्षा दिवशको अवशरमा सम्मान पाउने हेडसर । आज सुन्दरबस्तीको सुन्दर मा. बि. को परिसरमा रहेको पिपलको फेदमुनि भदौरे घामबाट बच्न सिरसिर हावामा आनन्द लिइरहेका छन् मानौ कि उनी अर्कै संसारमा छन् । विद्यालयको यूनिफर्ममा सजिएर कुर्सीमा अढेस लगाई बसेका सुन्दरबस्ती निवासी उनलाइ मैले बाहिरी चर्मचक्षुबाट मात्र चिनेको थिएँ । उनको नाम थियो–मुकुन्द रेग्मी ।

धेरै बर्षपछि आज म मेरो गाउँको स्कूलमा प्रवेश गर्न खोज्दैछु । म सुन्दरबस्तीको एक बासिन्दा तर जन्मथलो सुन्दरबस्ती भएपनि मेरो कर्मथलो भने पोखरा शहर भयो । पेशाले म एक शिक्षक । विद्यार्थीहरुसँग हास्दै,खेल्दै र ज्ञान छर्दै लगभग बीस वर्ष बिताएँ । यस अवधिमा कयौँ  विद्धानहरु उत्पादन गरेँ ,यसैमा गर्भ लाग्छ र ।

यस अवधिमा कयौँ  मुर्खहरु पनि उत्पादन गरेँ होला अनजानमा । विद्यार्थीहरुसँग सधैँभरी कुरा गरिरहुँ र उनीहरुका कुराहरु सुनिरहुँ जस्तो लाग्छ । केही दिन अघिमात्र यू.एस.ए पुगेर पढिरहेको सुन्दर मा. बि.को एक विद्यार्थी र पछि मेरो विद्यार्थी बन्न आएको आगमनले म्यासेन्जरबाट फोन गरेर भन्यो –“सर !

मैले त फूल स्कलरसिपमा पढ्ने अवसर पाएँ, यो हजुरकै सफलता हो सर । ह्याप्पी टिचरर्स डे सर ।” सबैलाई उज्यालो किरण छर्ने, माझीरुपी शिक्षकको लागि यो भन्दा ठूलो खुशी के नै हुन सक्छ र ? म जहाँको त्यही रहेपनि भित्रभित्र हर्षबिभोर भएर रिप्लाई फर्काए–“बधाई छ बाबु ! उज्ज्वल भविष्यको कामना ! थ्याङक्यू ।”

मेरो जीवनमा एउटा शिक्षक बन्नु पनि ठूलो सफलता थियो । म हुन त कक्षामा अब्बल दर्जाको विद्यार्थी थिएँ । तर म भन्दा पनि कमजोर साथीहरु कोही डाक्टर,कोही इन्जिनियर त कोही प्रोफेसर बनेका छन् मेरो देशमा । तर मलाई भने मेरो सफलतामा गर्भ लाग्छ  किनकी एस.एल.सी. उत्तीर्ण गर्नको लागि पनि मलाई घरायसी वातावरण उचित प्रकारको थिएन ।

बिहान घाँसको भारी बिसाएर हत्तनपत्त गाँडमा खाना लिएर दौडदै जानुपर्यो । बेलुका आएर फेरी एकभारी घाँस नकाटे बेलुका माड लगाउन पाइदैनथ्यो । विगतमा मेरो सामुदायिक स्कूलमा शिक्षक दरबन्दीको अभाब थियो, भौतिक संरचनाको अभाब थियो र पनि मैले एस.एल.सी.मा सेकन्ड डिभिजन ल्याएर पास गरे र स्नातकोत्तर सम्मको अध्ययन गर्न पनि सफल भएँ ।

विगतमा विद्यामान अन्य अभाबै अभाबको बिचमा पनि मेरो सामुदायिक स्कूलले प्रगती गरेको  बिशेष गरी  हेडसरको लगन साथसासाथै बि. व्य. स. को अनुगमन.,मेहनती शिक्षकहरु, मेहनती र अनुशासित विद्यार्थी,चिन्तनशिल अभिभाबक, समाज र अन्य धेरै पक्षको देन हो ।

स्कूलको गेटमा पुगे । गेट खुल्ला थियो । बाहिरबाट हेर्दा  स्कूल हाता सफा नै थियो । स्कूल गेटको बाहिरबाट नै दायाँपट्टी ठूलो फुटबल ग्राउण्ड देखिन्थ्यो । ग्राउण्डको दायाँ बास्केटबल कोट थियो । चारवटा ठूला भवनहरु जहाँ ब्लक ए, ब्लक बी, ब्लक सी, ब्लक डी लेखिएको गेटबाट नै प्रष्ट देखिन्थ्यो । कम्प्यूटर ल्याब लेखिएको कोठा पनि देखिन्थ्यो । म उभिएको ठाउँबाट कक्षाकोठामा रहेको ह्वाइट बोर्ड,चिल्लो र सेतो डेस्कबेन्च प्रष्ट देखिन्थ्यो ।

सायद त्यो समय टिफिन टाइम थियो कि ? विद्यार्थीहरु खेलमा मस्त थिए । हुटिङ लगाउने विद्यार्थीहरु पनि साइडमा धेरै नै थिए । भौतिक संरचनाको अभाब नरहेको,टिफिनको समयमा पनि यस्तो राम्रोसँग फूटबल, बास्केटबल खेलिरहेको देखेर म भित्र–भित्र हर्षबिभोर भएँ । मनमनै सोचे – मेरो सामुदायिक स्कूल पनि भौतिक संरचनामा धेरै धनी छ ।

तीनवटा सरकारको लगानी कति हो कति !!! नजिकै रहेको फूटबल दर्शक बिद्यार्थीसँग केही जानकारी लिने मनशायले म नजिकै पुगेँ र सोधे–

”बाबु ! तिम्रो नाम के हो ?
“यूरोप”
साथी बनाउने सोच राखेर जिस्कदै भनेँ “एशिया होइन ?”
“होइन ! मेरो दाजुको नाम हो एशिया ।”
“ए ! होर ।”
“कति कक्षामा पढ्छौं बाबु ?”
“सातमा”

उसले छोटो उत्तर दिदै थियो । म भने उक्त बाबुलाई धेरै कुरा सोध्ने उद्देश्य राखेर प्रश्नको वर्षा  गराइरहेको थिएँ तर ऊ भने फूटबल खेल हेर्न नै मस्त हुदै छोटो उत्तर दिईरहेको थियो । मैले यूरोपलाई सोधे – “बाबु ! यो तिमीहरुको स्कुलको कस्तो खेल हो ? शिक्षकहरु बिनाको ?”

“कम्पिट्सन हो, कक्षा सात र आठको अङ्कल । हाम्रो पालो आज ।”
“ए ! पढाई हुँदैन आज ?”
“हुन्छ, हाफ ट्याम्मा कक्षा–कक्षाबीच खेल हुन्छ  क्या अङ्कल । आज सात र आठको छ ।”
ए । नबुझे पनि बुझे झै गरेँ मैले ।

यत्तिकैमा टिफिन सकिएको घण्टी बज्यो । घण्टी बजेको दश मिनेटसम्म अझै  विद्यार्थीहरु यताउता घुमिरहेका देखिन्थे । । स्कूलको पोशाकमा रहेको उक्त केटो नजिकै अर्को एकदम खाइलाग्दो केटो थियो । जिन्स पेन्ट र सेतो टिसर्टमा सजिएको उक्त केटो धेरै आकर्षक र खाइलाग्दो देखिन्थ्यो ।

फूटबल खेलाडीले लगाउने जुक्ता लगाएको उक्त केटो कागको बथानमा बकुल्लो जस्तो देखिन्थ्यो । उसलाई शिरदेखि टाउकोसम्म नजर लगाएँ र केही कुरा उसको बारेमा सोध्न मन लाग्यो । त्यो जिन्स पाइन्ट लगाउने केटो, यूरोप र केही विद्यार्थीहरु त्यहीँ थिए ।

“अहिले कसको  पिरियड हो यूरोप ?”मैले सोधेँ ।
“हेडसरको पिरियड” ।
“बाबु हेडसरले कुन विषय पढाउनुहुन्छ ? ”
“स्वास्थ्य र शारीरिक शिक्षा हो तर धेरै दिन हाम्रो कक्षामा आउनु भाछैन । सधै खेल् न मात्र भन्नुहुन्छ ।”
“किन नि बाबु ? ”
“खै ! केइइ… था छैन । काम छ भन्नुहुन्छ ?”
“स्कुल सधैँ आउनुहुन्छ त ? ”

“स्कुल त ससुराली जस्तै हो । सरको अनुहार देख्न नै साह्रै गाह्रो हुन्छ । आज त आउनुभाछ । ऊ चौताराँ हुनुहन्छ ।”
यूरोपको कुराले म दङ्ग परेँ । केही विद्यार्थीहरु त्यही ग्राउण्डमा बसिरहेका थिए र  खेल्न आँटिरहेका थिए । अन्य विद्यार्थीहरु कक्षामा जानुको सट्टा यताउता दौडिरहेका थिए ।

शिक्षकहरु कक्षामा जानुको सट्टा पिपलको छहारीमा  ब्यस्त देखिन्थे  ।
“यूरोप, यो भाईको यूनिफर्म खै नि ?” जिन्स पाइन्ट लगाउने केटोलाई देखाउदै मैले सोधे । “ऊ त अर्कै स्कुलको विद्यार्थी हो नि ।”
“यो भाई पनि हाम्रो स्कुलमा पढ्ने जस्तो देख्नुभाछ ?”

“किन र बाबु ?”
“ल यो भाई त काठमाण्डौंको बोर्डिङा पढ्छ । बोर्डिङको बिदामा ऊ गाउँमा आको र यहाँ रमाइलो हेर्न आको हो नि ?
“ए हो र !” म उसको साथी जस्तै भइसकेको थिएँ । ऊ स्कूलको बालक्लबको सदस्य पनि रहेछ । उसले धक नमानी भन्यो–
“हजुरलाई थाहा छ ,अङकल ?”
“के बाबु ?”
“ऊ त हाम्रो हेडसरको छोरा हो नि ।”
अचम्म छ !  मनमा खिन्न हुँदै म चारपाइला अघि सरे । जहाँ एकजना बयोवृद्ध लौरो साथी लिएर बरको छहारीमा रहेको देखँे । उहाँ समाजसेवी काइलाँ बा । केही कुराकानी गर्ने मनसाय बोकेर मैले बृद्धबालाई नजिकै पुगेर नमस्कार गरँे । नमस्कार फर्काउँदै बृद्धबाले मलाई सोधपुछ गर्नुभयो–

“तिमी रामेको छोरो हैन र भन्या ?”
“हजूर हो”।
“तिमीहरु जस्ताले गाम छोडिहाल्यौ ?”
“परिस्थितीले हो बा ।” मैले छोटो उत्तर दिएँ ।

हुन पनि मैले गाउँ छोडेको लगभग बीस वर्ष भइसकेकोे छ । धेरैजसो बृद्ध बा–आमा मात्र भएकोले लास उठाउन पनि कहिले त समस्या पर्छ यो गाउँमा । मैले बृद्धबालाई स्कुलको बारेमा केही सोध्नु अघि नै बाले स्कुलको बारेमा धेरै वितृष्णा रहेको कुरा बताउनुभयो । नौवर्ष अघि  वि.व्य.स.को अध्यक्ष रहेको बताउदै ती बृद्धबाले पहिले हेडसरको बारेमा कुरा काट्न भ्याईहाल्नुभयो।

ए बाबु ! तिमि पनि स्कूलको शुभचिन्तक हौ । हेडमास्टरलाई वाइपास गर्नुप¥यो, हेरी । …स्कूल सुधार्न  !
किन र बा ? मैले प्रश्न सोधे ।

उहाँले भन्नुभयो “उनीसँग तीनवटा ठूला पार्टीको सदस्यता छ,हेरी । तेसैले उनलाई यस विद्यालयको हेडमास्टर. बनाइएको हो । उनले स्कूलमा तेति पढाउनुपर्दैन । तेति हैन, एक पिरियड छ रे । तेही पनि अर्को सरलाई जिम्मा देको छ रे । नपढाउने शिक्षक पनि कसरी हेडमास्टर हुन्छ, हेरी ? साह्रै शक्तिशाली, प्रतिभाशाली मान्छे हाम्रा हेडमास्टर ।

शब्दबाट वर्णन असम्भव छ । फेरी, उनी त शिक्षकहरुको नजरमा भगवान विष्णु हेरी । तेसैले उनलाइ पूजा गर्छन् । बर्षमा  जति स्कुल खुलेपनि लगभग एक महिना जति त आउँछन् हेरी । उनले पढाउनु नपर्ने, आएको समयमा राजनितिक गफहरु चुट्ने, गर्मीमा शीतलमा बस्ने र जाडोमा घाम ताप्ने मात्र काम हो हेरी ।

तै पनि हेडमास्टरको  बिदा कहिल्यै काटिदैन । बढुवा हुनेमा उनको नाम पहिलो लंबरमा आउँछ । अभिनन्दन पाउनेमा उनकै नाम । यस्तो मेओ बिनाको दाइ गर्ने स्कुलले पनि कैले प्रगति गर्ने ? एसएलसि ! आच्या ! अहिले त एसइइ भन्छन् हेरी !  नतिजा हेर्दा जिल्लामा पछाडीबाट दोस्रो तेस्रोमा पर्छ  ।

“ए हो र बा !”
“ हेडमास्टर. भन्या त स्कुलको मुख्ये इन्जिन हो हेरी । इन्जिनले काम नगरेसि के हुन्छ…. ? ऊ त स्कुलको अभिभाबक हो । ऊ त स्कुलको प्रशासक हो । ऊ त स्कुलको ब्याबस्थापक हो । ऊ त स्कुल परिवर्तको बाहक हो । ऊ त स्कुलको स्टापको नेता हो । ऊ त स्कुलको उर्जा थप्ने खै के रे उत्प्रे..र..क हो । ऊ त समाजसेबी हो ! ऊ त स्कुलको फलेको हाँगा हो । रिकर्ड जसोतसो फाइलाँ मात्र ठिक्क पारेर पुग्दैन हेरी ।”

“हो बा, हो । सबै शिक्षकहरुलाई शसक्त बनाएर परिवर्तनको नेतृत्व गर्नुपर्छ । तर काम हेडसरको धेरै हुन्छ नि बा । जम्मा भत्ता पाँचसय । राजनैतिक दबाब उस्तै…………………….. ।”

“दुधको साक्षी बिरालो नबन तिमी पनि हेरी । अप्ठ्यारो छ, सजिलो छ कल्ले भन्याछ र ! अतिरिक्त काम गर्नुपर्ने बेलाँ सुतेर हुन्छ त ? चिमोटेर कल्ले बिउझाउने होला निन्द्राबाट हेडमास्टरलाई ।

“घर स्कुल नजिकै छ । दिनमा एकपल्ट त अवश्य स्कुलाँ आउँछु । केही गर्न सक्ने होइन बाबु हाम्ले ! मुखको तितो फालेको हेरी। ऊ मेरो जग्गामा बनेको भवन रातो चाई । मैले दान दिएको जग्गामा बनेको भवन, हेर त ।”चोरीऔलोले देखाउँदै बोल्नुभयो । अब तिमीहरु जस्ताले आवाज निकाल्नुप¥यो हेरी ।”

“म पनि शहरमा छु । हुन्छ प्रयाश गरौँला बा । भन्छन् नि बा –अहिले नगरे कहिले गर्ने,हामीले नगरे कसले गर्ने” मैले फोस्रो आश्वासन दिएँ ।

”मनमनै सोचेँ–मेरो आफ्नै सामुदायिक स्कूलको हेडसरको हालत पनि उस्तै त छ नि ! मेरो कार्यरत स्कूल दूध पोखरी बनाउने सपना थियो तर पानी पोखरीमा परिणत हुनपुग्यो ।

बुढासँग नसकिने भयो भन्ने ठानेँ । वास्तवमा सामुदायिक स्कूलको उन्नती गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न हेडसरबाट नै थालनी हुनुपर्छ । बृद्ध बा बरको फेदमुनि बसिरहनु भएको छ । म भने अफिसमा पनि नछिरिकन घरतर्फको बाटो तताएँ । फुटबल ग्राउण्डमा उही हेडसरको  छोरो दौडिरहेको र पिपलको फेदमा उही हेडसर कुर्सीमा अढेस लगाएर बसिरहेको देखेँ ।

पाँचवर्षपछि त स्कूलमा आमूल परिवर्तन भएछ । हेडसरको छोरो पनि सोही स्कूलमा पढ्दो रहेछ । मानिसहरु भन्थे–हेडसरले घरको काम गर्न छोडेछन्,शितलमा बस्न पनि छोडेछन् । हेडसरको लगन साथसासाथै  हरेक दिन बि. व्य. स को र सरोकारवालाको अनुगमन.,मेहनती शिक्षकहरु, मेहनती र अनुशासित विद्यार्थीहरु, चिन्तनशिल अभिभाबकहरुले सुन्दर मा. बि., नमूना मा. बि.मा परिणत भएछ ।

लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%२%१%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    रास्वपा धादिङको सभापतीमा राजन अर्याल
    ३ घण्टा अघि

  • २

    नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान
    १६ घण्टा अघि

  • ३

    कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई
    १७ घण्टा अघि

  • ४

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 
    १७ घण्टा अघि

  • ५

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    १ दिन अघि

  • ६

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    १ दिन अघि

  • ७

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    १ दिन अघि

  • ८

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    १ दिन अघि

  • ९

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३ दिन अघि

  • १०

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution