

नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ।आजदेखि मौसममा क्रमिक सुधार भएको छ ।
यतिबेला गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । दिउँसो पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाका मौसमविद चिरञ्जीवि भेटवालले बताउनुभयो ।अघिल्लो हप्ता आइतवारदेखि लगातारजसो पानी परिरहेको छ ।
हिजोको तुलनामा आज कम र आजको तुलनामा भोलि कम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पर्सि बुधवार धेरै ठाउँको मौसम सफा रहनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |