

धादिङ । जिल्ला अदालत धादिङमा स्वचालित मुद्दा तारेख प्रणाली लागु भएको छ ।अदालतले चालु आर्थिक वर्ष ०८१/८२ को साउन १ गते देखि स्वचालित पेशी तारेख प्रणालीको सुरुवात गरेको हो ।
मुद्दाका पेशी र तारेख दिनका लागि अनियमित हुने गरेको आरोप पछि अदालतले आफूलाई परिमार्जन गर्दै स्वचालित रुपमा पेशी र तारेख तोक्नका लागि सर्वोच्च अदालतको निर्देशनमा यो प्रणालीको सुरुवात गरिएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
यसअघि मुद्दा प्रणाली भनसुन र कर्मचारीको तजविजी अधिकारको रुपमा रहेकोमा स्वचालित प्रणाली लागु भएपछि मुद्दाका बादी प्रतिवादीहरुले भनेको भरमा नभइ प्रणालीले नै मुद्दाको पेसी र तारेख तोक्ने गरेको छ । यसका कारण तारेख पेसीमा विचौलियाको अन्त्य हुने अदालतले विश्वास लिएको छ ।
यस्तै धादिङ जिल्ला अदालतले गएको आर्थिक वर्ष ०८०/०८१ मा नयाँ दर्ता १ हजार ५३ र गत वर्षबाट सेर आएका ६ सय ८४ गरि १ हजार ७ सय ३७ थान मुद्दा लगत रहेकोमा १ हजार २ सय ८ मुद्दा (६९ दशमलब ६ प्रतिशत) फैसला गर्न सफल भएको श्रेस्तेदार भण्डारीले बताउनुभयो । यस वर्ष बाट ५ सय २८ मुद्दा फैसला हुन बाँकी रहेको छ ।
जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका ६ सय ५१ मुद्दाको लगत रहेकोमा ४ सय ७५ थान मुद्दा फैसला भइ १ सय ७६ थान मुद्दा फैसला हुन बाँकी रहेको छ । गतवर्षको मुद्दाको प्रकृति हेर्दा सम्बन्ध बिच्छेदका ३७ दशमलब ४२ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदको मुद्दाले ओगटेको देखिन्छ ।
जिल्ला अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागु भएपछि सरल मार्ग सामान्य मार्ग, विषेश मार्ग, बालबालिका र पारिवारिक समूहका मुद्दाहरुलाई वर्गिकरण गरि कम्यूटरले स्वचालित रुपमा मुद्दाको पेसी र तारेख तोक्ने व्यवस्था मिलाएको छ ।
जिल्ला अदालतमा सबै कम्प्यूटरमा प्रणाली जडान भएको र परिक्षण समेत भइसकेकोले साउन ९ गतेबाट पेशी र तारेख तोक्ने काम हुँदा पूर्ण स्वचालित प्रणाली अनुसार चल्ने श्रेस्तेदार भण्डारीको भनाइ छ ।
अदालतमा २ जना न्यायधिस गोपाल प्रसाद बास्तोला र गिता श्रेष्ठ रहनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |