

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङमा निलकण्ठ नगरपालिकाको प्रहरी प्रमुखले आफैले एक अज्ञात कागजमा छाप लगाएको भेटिएको छ ।
नगर प्रहरीका प्रमुख तथा नगर प्रहरी नायव निरीक्षक तेज बहादुर लामिछानेले अनुमति विना जिल्ला प्रशासन कार्यालयको छाप प्रयोग गरेको भेटिएको हो ।
आइतबार बिहान कार्यालय नखुल्दै जिल्ला प्रशासन कार्यालयको ९ नंम्बर कोठामा रहेको नागरिकता प्रतिलिपी फाँटमा प्रवेश गरी कार्यालयको छाप प्रयोग गरेको भेटिएको हो ।
लामीछानेले कागजमा छाप हानिरहेको देखेपछि प्रशासनका एक जना कर्मचारीले सहायक प्रमुख जिल्ला अधिकारीसहित कार्यालयका अधिकृतहरुलाई खबर दिएका थिए ।
सोधपुछका क्रममा पासपोर्ट बनाउने लाइन बस्नको लागि प्रशासन कार्यालयले सेवाग्राहीलाई दिने टोकनमा छाप लगाएको भनिएपनि लामिछानेले अरु के कागजमा छाप लगाए यकिन छैन ।
दुई वटा कागजमा छाप लगाईरहेको देखेपछि कार्यालयका कर्मचारीले सोधीखोजी गर्दा ‘म को हो ? चिनेको छ ?’ भन्दै कोठाबाट निस्किएको ती कर्मचारीले बताउनुभयो।
आइतबार विहान करिब साढे ९ बजे जिल्ला प्रशासन कार्यालय भवनको मुल ढोका नखुल्दै पछाडि पट्टीको ढोकाबाट भित्र प्रवेश गरेका लामिछानेसँग एक जना महिला पनि साथमा रहेको बताइएको छ।
कार्यालयको सिसि क्यामेरा फुटेजमा पनि उनी प्रशासन कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा प्रवेश गरी कागजमा छाप लगाएको देखिन्छ।
यस्तो कार्य गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को देहाय ‘ग’ को कसुरमा ‘घ’ बमोजिम सरकारी छाप दस्तखत किर्ते गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय र ५० हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था छ ।
‘कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्ता काममा प्रयोग हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफूसँग राख्नु हुँदैन’ मुलुकी अपराध संहिता २०७४ मा भनिएको छ तर लामिछानेले जिल्ला प्रशासन कार्यालयको नागरिकता, राहदानी लगायत महत्वपूर्ण कागजातमा प्रयोग हुने छाप नै आफूखुसी प्रयोग गरेका हुन्।
असार १२ गतेदेखि जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्ष तथा दर्ता चलानी फाँटबाट जिल्ला प्रशासन कार्यालयको छाप समेत हराइरहेको एक श्रोतले बताएको छ ।
छाप हराएदेखि कार्यालयमा त्यस्ता व्यक्तिहरुको गतिविधिबारे निगरानी बढाइएको र आइतबार लामिछानेले सम्बन्धित कर्मचारीहरु कार्यालयमा हाजिर हुनु अगावै कोठामा छिरेर अनुमति विना नै छाप प्रयोग गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको भानाई छ ।
छाप नै चोरी गरी प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने विभिन्न सिफारिस तथा पूर्जिहरु जस्तैः बिदाको दिन सवारी चलान अनुमतिपत्र बनाउने, कार्यालयको लेटर प्याड र छाप प्रयोग गरेर अनाधिकृत सिफारिस गरेको हुनसक्ने र त्यस्ता सिफारिसहरु कार्यालयको अभिलेखमा नराख्ने/नहुने गरी छापको दुरुपयोग गरेको हुनसक्ने जानकारहरुको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |