

नेपालमा एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ६ अर्बको ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा अधिकांश खाद्य वस्तु भारतबाट आयात भएको छ । भारतबाटमात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।
नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिन्छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा भारत, चीन, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा ४ लाख मेट्रिक टन धान र चामल आयात भएको छ ।यसबाट २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ ।
यस्तै, ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ ।
यस्तै, साढे एक मेट्रिक टन बराबर मैदा, पिठो, गहुँ लगायत खाद्यान्न आयात भएको छ । यसबाट नेपालले १९ अर्ब रुपैयाँ बराबर खर्च गरेको विभागको तथ्याङ्क छ ।सोही अवधिमा नेपालबाट १ करोड ५८ लाख बराबरको मात्रै खाद्यान्न निर्यात भएको तथ्याङ्कमा देखाइएको छ ।
यसैगरी खाद्यान्न आयायतबाट सो अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |