

एचआइभी एड्सका कारण हरेक मिनेटमा कुनै न कुनै बिरामी मरिरहेका संयुक्त राष्ट्रसंघले सार्बजनिक गरेको आफ्नो पछिल्लो प्रतिवेदनमा खुलासा गरेको छ।
गत वर्ष विश्वका करिब ४ करोड मानिसमा एड्स निम्त्याउने एचआइभी भाइरस भेटिएको थियो । जसमध्ये ९० लाख मानिसले यसको उपचार पाउन सकेका छैनन् । विश्वमा एड्सको महामारी अन्त्य गर्ने दिशामा प्रगति भइरहेको अवस्थामा यो अवस्था हो ।
राष्ट्रसंघको प्रतिवेदनले अहिले यसको प्रगतिको गति सुस्त हुन थालेको देखाएको छ ।
यसको कारण रकमको अभाव हो । जसका कारण मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी युरोप, मध्य एसिया र ल्याटिन अमेरिका गरी तीनवटा नयाँ क्षेत्रमा यसको संक्रमण बढ्दै गएको छ ।
सन् २०२३ मा एड्स सम्बन्धी रोगबाट करिब ६ लाख ३० हजार मानिसको मृत्यु भएको छ । यो सन् २००४ मा भएको २१ लाखको मृत्युभन्दा निकै कम हो ।
महामारीको अन्त्यका लागि विश्वव्यापी प्रयासहरूको नेतृत्व गर्ने संयुक्त राष्ट्र संघको एजेन्सी युएनएड्सको एक प्रतिवेदन अनुसार पछिल्लो तथ्याङ्क २०२५ का लागि तय गरिएको २ लाख ५० हजार कम मृत्युको लक्ष्यभन्दा दोब्बर हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |