

काठमाडौं । ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदै छ।
विश्वकै सबभन्दा ठूलो खेलकुद मेलाको उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुने छ।
साउन २७ गतेसम्म सञ्चालन हुने ओलम्पिक औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ।
पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन्।
ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको सङ्ख्या झन्डै बराबर छ।
यस प्रतियोगितामा एथलेटिक्स तर्फ धादिङ ज्वालामुखी गाउँपालिका–६ सुनखानीकी सन्तोषी श्रेष्ठसहित जुडोकि मनिता श्रेष्ठ, सुटिङकि सुस्मिता नेपाल, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा सहभागी हुदैछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |