

राष्ट्रिय परिचयपत्र बनाउँदा पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने जनाएको छ ।
यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।
विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।
विभागले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र ईकाई रहेका सबै कार्यालयहरुलाई राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिँच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिँच्नुपर्ने, फोटो खिँच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने,राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेश गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा Scan गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कल वमोजिम नक्कल ठिक छ भनि प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने, व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा CIMS/ नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने र कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेश गरेमा विवरण दर्ताको व्यवस्था मिलाउन आग्रह गरेको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |