

धादिङ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१३ बनस्पती बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी ४६ वर्षीया सुनिता तामाङ र हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३४ वर्षीय बिनोद सेवा रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बिहीबार बिहान हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा-प्र-०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको करिब ३३ किलोग्राम गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |