

धादिङ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ पोखरेखोलामा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका-१ का ७२ वर्षिय निर्माण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी जानकारी दिनुभयो ।
तामाङको काठमाण्डौंस्थित विर अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक मिश्रले बागमती कलमलाई बताउनुभयो ।
सोमबार धादिङबेंसीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस माथि पहिरोसँगै रुख ढलेर बजारिदा १० जना यात्रु भएका थिए ।
घाईतेमध्ये निलकण्ठ नगरपालिका-३ पुछार बजार बस्ने बर्ष २६ की निन्दु शाहा र शान्तबजार बस्ने वर्ष ३१ की सुनिता घिमिरेको काठमाण्डौंमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु उपचार पछि घर फर्किएको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयोे।
डिस्चार्ज भएका घाईतेहरुमा नीलकण्ठ-४ बस्ने बर्ष ५० को शिवराज अधीकारी,नीलकण्ठ-३ बस्ने बर्ष ४० को रमेश अधिकारी,बर्ष ३५ को डिल बहादुर गुरुङ, खनियाबास-४ खट्करी बस्ने बर्ष २६ की उर्मिला थापा मगर,नेत्रावती डवजोङ-४ बस्ने बर्ष २२ को सन्जु भुसाल,ज्वालामुखी-६ बस्ने बर्ष ३८ को दिनेश तिमिल्सिना र मुगु जिल्लाको रारा न.पा-३ बस्ने बर्ष २२ को गंगाराम चौलागाई रहेको मिश्रले बताउनुभयोे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |