












भोलि रातिसम्म रेड अलर्ट भएको जिल्लामा रातको समयमा यात्रा नगर्न र रात्रिकालीन बस नचलाउन निर्देशन दिईएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना निकालेर रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
प्राधिकरणले उच्च सतर्कता अपनाउन र सकभर यात्रा नगर्न आग्रह गरेको छ ।
यस्तै ठूलो पानी पर्ने अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्सलगायतका जरुरी टेलिफोन नम्बरहरू राख्न र आपत् परे तुरुन्तै फोन गर्न तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।
यस्तै ठूलो पानी पर्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने व्यवस्था मिलाउन प्राधिकरणले निर्देशन दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |