

धादिङ । धादिङको गल्छी गाउँपालिका ६ महेशदोभानबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महेशदोभानमा अस्थाइ बसोबास गर्ने २९ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको आरोपमा मृतककै श्रीमान भारतको दार्जलिङ घर भएका ४९ वर्षीय प्रकाश मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बागमती कलमलाई जानकारी दिनुभयो ।
निशा गर्भवती भएको र पेटमा भएको बच्चा अर्केको भएको आरोपमा पटक पटक कुटपिट गर्दै आएका प्रकाशले साउन १८ गते राती पेटको बच्चा बाहिर निस्कने गरि कुटपिट गर्दा मृत्यु भएको छिमेकीहरु बताउँछन् ।
घाँटीमा सलले बेरेको, शरिरमा निलडाम भएको,पेटबाट बच्चा बाहिर निस्केको र रगतै रगत भएको अवस्थामा प्रहरीले शव भेटेपछि पोष्टमार्टमका लागि काठमाण्डौस्थित शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ माइती भएकी निशा र प्रकाश महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थाइ बसोबास गर्दै आएका थिए ।
मगर लाई साउन २० गते पक्राउ गरी २१ गते धादिङ जिल्ला अदालतबाट सात दिनको म्यादथप गरेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |