

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा जारी दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको आज तेस्रो दिन, आज पनि विभिन्न कलाकारहरुको प्रस्तुति रहने भएको छ।
आज गायिका जानकी तारमी मगर, जादुगर राजेन्द्र गिरी(गुन्द्रुके), एसिकाकै होचो मान्छे मनोज गोर्खाली, गायक सुरेश बिसी ‘अन्जान’, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने आयोजक हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो।
सहकारीको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुु¥याऔंं भन्ने मूल मर्मका साथ बुधबारदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो।
स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पु¥याउन र मनोरञ्जन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
मेलाको बुधबार बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घाटन गर्नुभएको थियो।
मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |