

धादिङ । धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा बिभिन्न संघसस्थाकाको सहकार्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षासँगै ७६ औँ अन्तार्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जिल्लाको मानवअधिकार अवस्था प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले जिल्लामा ६६ वटा घटनाबाट ६० जना महिला र ७ जना पुरुष पीडित भएको तथ्यांक प्रस्तुत गर्नुभएको थियो।
वर्षभरीमा धादिङ कारागारमा एक जनाको मृत्यु, हत्या घटनामा ५ जना, एक स्थानहदको घटनामा २ जना, बालिका बलात्कारमा १७ जना बालिका, बालयौन दुरुपयोगमा २ जना, महिला बलात्कार घटनामा १० जना, बलात्कार प्रयास घटनामा २ जना, घरेलु हिंसामा २२ जना, बहुविवाहमा १ जना, बालक अपहरणमा १ जना, आत्महत्या दुरुत्साहनमा २ जना र अपांगता अधिकार उल्लंघनमा १ जना पीडित भएको इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विश्वकर्माले मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका सन्धी सम्झौता र नेपालको मौलिक हक अनुसार नागरिकले आफ्नो हक अधिकारको प्रत्याभूति गर्न पाउनु पर्ने बताउनुभयो ।
उहाँले सबै नागरिकले सामाजिक साँस्कृतिक र वातावरणीय न्याय पाउनु पर्ने र सरकारले पुरा गर्नका लागि लाग्नु पर्ने भन्दै जनताले पेटभरी खान पाउने अधिकारमात्र नभएर सम्मानपूर्वक बाँच्ने अधिकार सरकारले सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले सरकारले संरक्षण गर्न खोज्दा खोज्दै मानवअधिकारको हनन् हुने गरेकोले कमजोरी सच्याएर सरकारी पक्ष अघि बढ्ने बताउनुभयो । मौलिक हक मानवअधिकारको रुपमा रहेकोले कानुन बनाएर मानवअधिकारको प्रत्याभुति गर्नु पर्नेमा जोड दिनुभयो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि दिपेन्द्र शाहीले मानवअधिकारको संरक्षणमा प्रहरीले काम गरिरहेको बताउँदै जात धर्म, वर्णको आधारमा समाजमा क्लेस फैलाउनेलाई नियन्त्रण गरेर नेपाल प्रहरीले सबै नागरिकको सम्मान, परिपूर्ति र जिवन रक्षाका लागि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, महिला मानवअधिकारकर्मी गायत्री खतिवडा लगायतले महिला, दलित, जानजाती जनताको अधिकार सुनिश्चित गरेर मानवअधिकारको रक्षा गर्नु पर्ने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |