

धादिङ। नीलकण्ठ नगरपालिकाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ।
मंगलबार एक कार्यक्रमका बिच गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गरेको हो।
कार्यक्रममा नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिदै पत्रकारको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने बताउनुभएको छ।
उहाँले नगरपालिकाले गरेका हरेक गतिविधि नागरिकका सामु पुर्याउने र भएका कमी कमजोरीलाई सुधार्न पत्रकारले गहन भूमिका खेलेको नगर प्रमुख ढुंगानाले आगामी दिनमा पनि सहकार्य रहने बताउनुभयो।
त्यस्तै नगर उपप्रमुख दिपक विश्वकर्माले नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिदै नगरपालिकालाई समृद्ध नगर बनाउन धादिङका मिडिया हाउस तथा पत्रकारहरुले ठूलो भूमिका रहेको बताउनुभयो।
कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले नेपाल पत्रकार महासंघको साझा चरित्र कायम राख्दै व्यवसायिक र मर्यादित पत्रकारिता, पत्रकार सुरक्षा र स्वरोजगार मिडियाको प्रवर्धन, श्रमजीवी पत्रकारको पेशागत सुरक्षा, व्यवसायिक दक्षताका क्षेत्रमा काम गर्ने बताउनुभयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |